शेयर बजार ५ दिनमा १४९ अङ्कले बढ्याे, नेप्से २ हजार ७०० विन्दुमाथि

काठमाण्डाै । शेयर बजार लगातार पाँचौँ कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१.७० अङ्कले बढेर २ हजार ७१९.२४ विन्दुमा पुगेको छ । ५ कारोबार दिनमा नेप्से १४९ अङ्कले बढेको छ ।

आज म्युचल फन्ड बाहेक सबै समूहको उपसूचक बढेकोमा उत्पादन तथा प्रशोधन समूह ३ दशमलव २१ तथा जलविद्युत् र अन्य समूह साढे २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज २३९ वटा कम्पनीको शेयर बढेकोमा ३२ वटाको घटेको छ । यस्तै ५ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन । आज एभरेस्ट कलरको शेयर १५ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आत्मनिर्भर लघुवित्त र कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयर साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गएको शुक्रवार ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ३४३ वटा कम्पनीका १ करोड २२ लाख कित्ता शेयर ५ अर्ब ५१ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search