कानुनविपरितका कार्यमा संलग्न ४७ जना विदेशी महिलालाई देश निकाला

काठमाण्डौ । नेपालमा कानुनविपरितका गतिविधिमा संलग्न ४७ जना विदेशी महिलालाई डिपोर्ट अर्थात् (देश निकाला) गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौले पत्रकार सम्मेलन गरी डिपोर्ट हुनेहरु युगान्डा, भियतनाम, थाइल्याण्ड, बैंकक, बङ्गलादेश, केन्या र इन्डोनेसियाका महिला रहेको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा परिसरका एसपी पवनकुमार भट्टराईले काठमाण्डौका ठमेल, दरबारमार्गलगायत पर्यटकीय क्षेत्रमा कानुनविपरितका कार्यमा संलग्न ५७ विदेशी महिलालाई विशेष अपरेशन गरी पक्राउ गरिएकोमा ४७ जनालाई अध्यागमन विभागमार्फत देश निकाला गरिएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार अन्य १० जनामाथि अनुसन्धान भैरहेको छ । एसपी भट्टराईले अनलाइन बेटिङलाई संस्थागत रूपमा सञ्चालन गरी नेपालीको ठूलो रकम हुण्डी र क्रिप्टोमार्फत विदेश पठाउने कार्यमा संगठित नेटवर्क सक्रिय रहेको समेत जानकारी दिनुभयो ।

उहाँले यस्ता कार्यमा संलग्न व्यक्ति तथा समूहको पहिचान तथा बेटिङ वेबसाइटको निगरानी र आर्थिक कारोबारको अनुसन्धानलाई तिब्र बनाइएको बताउनुभएको छ ।

उहाँका अनुसार सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्‍याउने विचौलियाविरुद्धको अभियानमा प्रहरीले ३०९ जनालाई पक्राउ गरेको छ । तीमध्ये ६१ जनामाथि कानुनी कारबाही अघि बढाइएको एसपी भट्टराईले जानकारी दिनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search