संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. ७ मा अध्यापन गराइरहेका शिक्षकहरुको शैक्षिक भ्रमण रुपन्देहीमा भइरहेको छ । पुस २ गतेदेखि सुरु भएको भ्रमण ६ गते समापन हुने वडाध्यक्ष सन्तोष वस्नेतले बताउनु भयो । २०८०/८१ को वडासभाबाट विनियोजित बजेट मार्फत वडा नं. ७ भित्रका शिक्षकहरुलाई शैक्षिक अध्ययन अवलोकन तथा भ्रमण गराइएको अध्यक्ष वस्नेतले बताउनु भयो ।
यस वडामा १ माध्यमिक र ३ आधारभुत सहित चार ओटा विद्यालयहरु छन् । ४ विद्यालयका ३५ जना शिक्षकहरुलाई शैक्षिक भ्रमणका लागि पठाइएको वहाँले बताउनु भयो । नेपालकै उत्कृष्ट कालिका मानवज्ञान माध्यमिक विद्यालय रुपन्देहीमा शिक्षकहरुको सिकाई उपलब्धीमुलक रहने गरी भ्रमण हुने विस्वास लिइएको छ । त्यहाँको भौतिक संरचना, आर्थिक, शैक्षिक गुणस्तर र त्यहाँको अध्ययनका लागि भ्रमण गराइएको हो ।
सामुदायिक विद्यालयको खस्कदो क्षैक्षिक गुणस्तरलाई उकास्न यो भ्रमण महत्वपुर्ण रहनेछ । वडालाई विकासको मोडेलमा लैजानका लागि शिक्षा महत्वपूर्ण पाटो भएकाले शैक्षिक भ्रमण गरिएको हो ।
शिक्षालाई गतिशिल बनाउन, विकास र समृद्धीको लयमा डोहो¥याउने एक मात्र विकल्प शिक्षा भएकाले यस वडाका विभिन्न विद्यालयमा अध्यापन गराइरहेका शिक्षकहरुलाई शैक्षिक भ्रमण गराइएको हो । भ्रमणका लागि फुर्साङ कन्स्ट्रक्सन प्रा.लि. पाँचखपनका सञ्चालक रत्नमान तामाङले शैक्षिक अध्ययन अवलोकन भ्रमण २०८० अंकित ट्रयाकसुट सौजन्य गर्नु भएको छ ।
.