भद्रपुर । जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या बढेको छ।
आर्थिक वर्ष २०८०र८१ मा १८ हजार ८२२ जनाले नागरिकता लिएका छन्। यही अवधिमा २५ हजार ४५५ जनाले राहदानी लिएका छन्
गत आवमा राहदानीबापत १४ करोड ७३ लाख ६७ हजार ७०० रुपैयाँ राज्यकोषमा दाखिला भएको छ। राहदानी लगायत अन्य सेवाबाट जिल्ला प्रशासन कार्यालयले १५ करोड ३० लाख ३९ हजार ४४४ रुपैयाँ संकलन गरेको छ।











