संखुवासभा । संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा २०८१ को तिहारको सुरुवातमा सांगितिक कार्यक्रम हुने भएको छ । तिहारको स्वागत स्वरुप लक्ष्मी पुजाको अघिल्लो दिन दिपावली म्युजिकल ईभुको आयोजना गरिएको हो ।
नागरिक चासो मल्टिमिडिया प्रा।लि।ले आयोजना गरेको उक्त कार्यक्रममा गायक परेश राईसहित अन्य कलाकाहरुको प्रस्तुती रहने छ । मेरो भोईस युनिभर्सका फाईनलिष्ट राईसहित उमाङ लामा, अस्मी राई, सोनियल साम्पाङ, रामचन्द्र जिमी लगायत अन्य स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
कार्तिक १४ गते साँझमा हुने कार्यक्रमको प्रमुख प्रायोजन मनकामना सप्लायर्स तुम्लिङटार आधिकारिक विक्रेता रहेको टुबोर्ग रहेको छ । जिल्लामा आयोजना हुने कार्यक्रमले मनोरञ्जनसंगै पर्यटन र आर्थिक विकासमा समेत सहयोग पुग्ने विश्वास लिईएको नागरिक चासोका अध्यक्ष संयोगान्त कुलुङले बताउनुभयो । कार्यक्रम सञ्चालन सवित कुलुङ र खेवाहाङ मेवाहाङले गर्नेछन् ।











