मौसम नखुल्दा थाई एअर एशिया भैरहवामा अवतरण हुन सकेन, आकाशमै फन्को लगाउँदै

काठमाण्डौ । भैरहवा क्षेत्रको मौसम नखुल्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएका छन् ।

बिहानैदेखि हुस्सु लागेकाले आन्तरिक र बाह्य उडान प्रभावित भएका हुन् । बैंककबाट आएको थाई एअर एशियाको जहाज अवतरण हुन सकेको छैन । यो समाचार तयार पार्दासम्म यो जहाजले कपिलवस्तुमाथिको आकाशमा १० फन्का लगाइसकेको छ ।

बिहानैदेखि लागेको हुस्सु हट्दै गएको र विमानस्थल खुलेकाले यो जहाज केहीबेरमा अवतरण हुने महाप्रबन्धक प्रतापबाबु तिवारीले उज्यालोलाई जानकारी दिनुभएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search