अमेरिकी डलर साट्ने बहानामा ९ लाख रुपैयाँ ठगेर फरार रहेका २ जना पक्राउ

काठमाण्डौ । अमेरिकी डलर साट्ने बहानामा ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ३ धार्पाका २६ वर्षीय ललितबहादुर पाइन र २४ वर्षीय कृष्णलाल पाइन रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । ललितबहादुर र कृष्णबहादुरले अमेरिकी डलर साट्ने बहानामा भक्तपुरको चाँगुनारायण नगरपालिका–३ मा बोलाई नौ लाख रुपैयाँ ठगी गरी फरार भएका थिए ।

उनीहरूलाई काठमाण्डौको गोकर्णेश्वर नगरपालिका–४ बाट पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search