काठमाण्डौ । गणेश हिमालको आधार शिविर नजिक बिरामी परेका दुई जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार भएको छ ।
आधार शिविर जाँदै गर्दा बिरामी परेका डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्य र डिभिजन वन कार्यालयकी रेन्जर अनुसुया ढुङ्गानालाई हेलिकप्टारमार्फत उद्धार गरी काठमाण्डौ ल्याइएको सेनाले जनाएको छ । यसअघि बिरामीको उद्धार गर्न हिजो गएको नेपाली सेनाको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको थियो ।
पर्या–पर्यटन प्रवद्र्धनको उद्देश्यले धादिङको रुबीभ्याली गाउँपालिका, डिभिजन वन कार्यालय र पत्रकारको टोली गणेश हिमालको आधार शिविरको यात्रामा गएको थियो ।











