काठमाडौं। स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले पोष्ट ग्राजुएट ९पीजी० विद्यार्थीलाई निःशुल्क पढाउनुपर्ने माग राखेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै समितिले चिकित्सा शिक्षामा स्नातकोत्तर तह विश्वव्यापी रुपमा निःशुल्क हुने मान्यता रहेको जनाएको छ ।
‘रातदिन ड्युटीमा खटेर सेवा दिन चिकित्सकबाट शुल्क असुल गरिनु आफैंमा अन्यायपूर्ण हो,’ समितिका संयोजक डा। शेषराज घिमिरे भन्छन् ।
यसैगरी संघर्ष समिति र सरकारबीच भएको सहमति बमोजिक निजी मेडिकल कलेजमा पीजी अध्ययन आवासीय चिकित्सकलाई मेडिकल अफिसर (८औं) तहको बराबर बार्षिक १३ महिनाको निर्वाह भत्ता उपलब्ध गराउन माग गरेका छन् ।
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी)अन्तर्गतको एमडी, एमएस र एमडीएसका आवासकीय चिकित्सकलाई अधिंकाश निजी मेडिकल कलेजले कम तलब स्केलमा काम लगाइरहेको गुनासो आएपछि भत्ता सुनिश्चित नगर्ने कलेजलाई सिट नदिने निर्णय गर्यो ।











