आज पनि सुनचाँदीको भाउ बढ्यो : सुन तोलाको तीन लाख रुपैयाँ नाघ्यो

काठमाण्डौ । आज पनि सुनचाँदीको भाउ बढेको छ । नयाँ वर्षको पहिलो दिन हिजो तोलामा ३ हजार १०० रुपैयाँले बढेको सुनको भाउ आज तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो ।

आज सुन तोलाको तीन लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ बढेर आज सुन तोलाको ३ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १५५ रुपैयाँले बढेर तोलाको पाँच हजार २२० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको पाँच हजार ६५ रुपैयाँ थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search