समृद्ध बहुउद्धेशीय सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

संखुवासभाको खाँदबारीमा रहेको समृद्ध बहुउद्धेशीय सहकारी संस्थाको तेश्रो बार्षिक साधारण सभा मंगलबार खाँदबारीमा सम्पन्न भएको छ । पछिल्लो समय सहकारीहरुमा बिभिन्न समस्याहरु रहेपनि नयाँ बिचार र नयाँ सोंचका साथ समृद्ध बहुउदेश्यिय सहकारी संस्थाले जिल्लामा बिभिन्न रचनात्मक कार्यहरु गर्दै आएको छ । बचत संकलन, ऋण लगायत यस सहकारीले वातावरणीय सरसफाई, यातायात सेवा, हरीयाली अभियान, शैलुन संचालन लगायतका कार्यहरु गर्दै आएको छ ।

तेश्रो बार्षिक साधारण सभाबो खुल्ला सत्रमा मन्तब्य राख्दै प्रमुख अतिथि महेश्वरा श्रेष्ठ बज्राचार्यले पछिल्लो समय सहकारीमा देखिएको समस्याले बचत कर्ता र सहकारी संचालकहरु बिचको सम्वन्ध बिग्रँदै गएकाले सहकारीका संचालकहरु थप जिम्मेवार र रचनात्मक लगानीका क्षेत्रहरुको पहिचान गर्नमा चुक्न नहुने धारणा राख्नु भयो । कार्यक्रम समापन मन्तब्यका क्रममा संस्थाका अध्यक्ष बिजय कालधनले समृद्ध बहुउदेश्यिय सहकारी संस्था नयाँ सोच र नयाँ चिन्तनका साथ श्रीजनात्मक कार्यमा लाग्दै बचत कर्ताको रकमको सुरक्षा र भरपर्दो बिश्वासीलो साथीका रुपमा उभिन सफल भएको धारणा राख्नु भयो ।

संस्थाका अध्यक्ष बिजय कालधनको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथीका रुपमा खाँदबारी नगरपालिकाका कार्यबाहक नगरप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य रहनुभएको थियो । कार्यक्रममा खाँदबारी स्थीत बित्तिय संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, जिल्ला सहकारी संघका प्रमुख तथा प्रतिनिधी, बचत कर्ता र संचारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

संस्थाले उक्त अवसरमा उत्कृष्ठ बचतकर्ता, जेष्ठ बचतकर्ता र शेयर खरिदकर्तालाई प्रमाणपत्र र खादामालाले सम्मानसमेत गरेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search