ब्राजिलियन स्टार नेयमारले अल हिलाल छोडे

काठमाण्डौ । ब्राजिलियन स्टार नेयमारले साउदी प्रो लिग क्लब अल हिलालसँगको सम्झौता रद्द गरेका छन् । नेयमार र क्लबले आपसी समझदारीमा सम्झौता रद्द गरेका हुन् ।

नेयमार सन् २०२३ को अगष्टमा ९० मिलियन युरोमा अल हिलाल पुगेका थिए । तर उनले चोटका कारण क्लबका लागि सात पटक मात्र खेले ।

सम्झौता रद्दसँगै अल हिलालले नेयमारको आगामी दिनका लागि थप सफलताको कामना गरेको छ ।

नेयमार अब बाल्यकालको क्लब सान्तोष फर्कने अनुमान गरिएको छ । उनी सन् २०१३ मा सान्तोषबाट बार्सिलोनामा अनुबन्ध भएका थिए ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search