सुनको भाउ आज एकैदिन एक हजार नौ सय रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?

काठमाण्डौ । सुनको भाउ आज एकैदिन एक हजार नौ सयले बढेको छ । सुनको भाउ आज एक हजार नौ सय रुपैयाँले बढेर तोलाको एक लाख ६४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

लगातार तीन दिनदेखि स्थिर रहेको सुनको भाउ आज बढेको हो । हिजो सुनको भाउ तोलाको एक लाख ६२ हजार आठ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज ३५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ३० रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search