पहाडका केही ठाउँमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

काठमाण्डौ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले कोशी प्रदेशका पहाडी भेगमा आंशिक बदली रहेको छ भने तराईका धेरै ठाउँमा हुस्सु तथा कुहिरो लागेको छ ।

कोशी र गण्डकी प्रदेशमा आंशिक बदली रही एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मधेस,बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम मुख्यतया सफा रहनेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search