खाँदबारी । प्रेस चौतारी नेपालको २७औं स्थापना दिवसको अवसर पारेर सङ्खुवासभाको खाँदबारीमा प्रेस चौतारी नेपाल जिल्ला शाखाले पत्रकार भेटघाट तथा चियापान कार्यक्रम आयोजना गरेको छ । प्रेस चौतारी नेपाल जिल्ला कमिटिका नवनिर्वाचित अध्यक्ष जनक चापागाईंको अध्यक्षता र नेकपा एमाले सङ्खुवासभाका अध्यक्ष खड्ग बहादुर राईको प्रमुख आतिथ्यमा पत्रकार भेटघाट तथा चियापान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि उपसचिब सुनिता कार्की, नेपाल पत्रकार महासंघ कोशी प्रदेश सदस्य इन्द्र कुमार गिरी, नेपाल पत्रकार महासंघ सङ्खुवासभाका अध्यक्ष कृष्णराज शाक्य, नेपाल प्रेस युनियन जिल्ला शाखाका अध्यक्ष दिपेन्द्र शाक्य, प्रेस चौतारी नेपाल सङ्खुवासभाका निवर्तमान अध्यक्ष प्रेम निरौला, प्रेस सेन्टर नेपाल सङ्खुवासभाका अध्यक्ष अनिस बिष्ट लगायत पत्रकारहरु खेवाहाङ मेवाहाङ, ध्यान कुलुङ, सुरेन शाक्य, मेघराज तामाङ, पत्रकार महासंघ जिल्ला शाखाका सचिब नविन गुरुङ, फोटो पत्रकार सुजन बज्राचार्य, असल शासन आवाज साप्ताहिकका कार्यकारी सम्पादक अनुप चापागाईं, अरुण सन्देश अनलाइनका समाचारदाता बिजय कार्की, पाख्रिबास साप्ताहिक पत्रिकाबाट यमुना गुरागाईं, रेडियो सङ्खुवासभाबाट समीक्षा मगर, हेर्ने चित्र अनलाइनबाट नविनकला जैरु लगायतका सञ्चारकर्मीहरुको जमघट भएको थियो ।
कार्यक्रममा प्रेस सेन्टर, प्रेस चौतारी, प्रेस युनियनका तर्फबाट शुभकामना मन्तव्य राखिएको थियो । यसैगरी कार्यक्रमका बिशिष्ट अतिथि, प्रमुख अतिथि र सभापतिले समेत शुभकामना मन्तव्य राखेका थिए । शुभकामना आदानप्रदानका अतिरिक्त प्रेसको गरिमा एवम् पत्रकार र राजनीतिबीचको सम्वन्धका बिषयमा चर्चा गरिएको थियो ।