अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्यमा सुधार, भेटघाट बन्द

काठमाण्डौ । बेलुन विष्फोटबाट घाइते भएका उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्यमा सुधार भइरहेको कीर्तिपुर अस्पतालले जनाएको छ ।

अस्पतालले विज्ञप्ति निकालेर संक्रमण बढ्ने जोखिम भएकाले अहिलेलाई भेटघाटका कार्यक्रम बन्द गरिएको जनाएको छ ।

अस्ति शनिवार पोखरा भ्रमण वर्ष कार्यक्रमको उदघाटन गर्ने क्रममा बेलुन विस्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते हुनुभएको थियो । उहाँहरूलाई तत्काल पोखरामै प्राथमिक उपचार गराएर थप उपचारका लागि कीर्तिपुर अस्पतालमा ल्याइएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search