जलस्रोतमा विश्वकै धनी देश ब्राजिलले प्राकृतिक सतहको पानी गुमाउँदै गएको एक प्रतिवेदनले देखाएको छ । ब्राजिल पृथ्वीको १२ प्रतिशत ताजा पानीको भण्डार भएको क्षेत्र हो । धेरै भाग अमेजनमा छ । तर जलवायु परिवर्तन र वनबाट कृषिमा भूमि रूपान्तरणको प्रभावले प्राकृतिक सतहको पानी गुमाउँदै गरेको प्रतिवेदनमा उल्लेख छ ।
म्याप बायोमास अनुगमन प्लेटफर्मको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२३ देखि गएको वर्षसम्म ब्राजिलले चार लाख हेक्टर जलीय सतह गुमाएको छ । यो लगभग अमेरिकी राज्य रोड आइल्यान्डको आकार बराबरको क्षेत्र हो ।
सुक्खा, शहरी विकास र जमिनमुनिको पानीको सतहबाट अति पम्पिङका कारण ब्राजिलले झण्डै २४ लाख हेक्टर नदी र तालको सतह गुमाएको छ ।
विश्व जल दिवसअघि सार्वजनिक प्रतिवेदनले भूमि अधिग्रहण र विश्व तापमानले गर्दा भएका चरम जलवायु घटनाले ब्राजिललाई अझ सुक्खा बनाउँदै लैजाने जोखिम आङ्कलन गरेको छ । ब्राजिलले आउँदो नोभेम्बरमा अमेजन राज्य पाराको राजधानी बेलेममा कोप–३० जलवायु सम्मेलनको आयोजना गर्नेछ ।