काठमाण्डौ । आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ८८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदीको भाउ आज पनि हिजोजस्तै तोलामा एक हजार नौ सय ७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ