काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशका दाङ, अर्घाखाँची, बाँके, रुपन्देहीलगायतका क्षेत्रमा ठूलो पानी परिरहेको छ । अन्य ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै अर्घाखाँची वर्षा मापन केन्द्रमा ८९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । त्यस क्षेत्र भएर बग्ने खोला तथा नदीमा जल सतह बढ्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै सर्लाही, मकवानपुर, चितवन, लमजुङलगायतका क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकाको केही ठाउँमा पनि हल्का वर्षा भइरहेको छ ।

यसैबीच आज दिनभरि बादल लाग्ने र धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने मौसमविद्ले बताएका छन् ।

भोलि पनि वर्षाको सम्भावना रहेको छ । पर्सि बिहीवार र शुक्रवार केही ठाउँमा वर्षा रोकिए पनि अर्को हप्तादेखि फेरि देशैभर पानी पर्ने सम्भावना रहेको मौसमविद् विनोद पोख्रेलले जानकारी दिनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search