उदयपुरको कटारीमा चट्याङ लागेर बालकको ज्यान गयो

काठमाण्डौ । उदयपुरको कटारी नगरपालिकामा चट्याङ लागेर बालकको ज्यान गएको छ । कटारी–८ फूलबारीका १३ वर्षीय चित्रबहादुर वलम्पाकी मगरको ज्यान गएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिनुभयो ।

हिजो दिउँसो बाख्रा चराउन गएका मगर साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईँले घटनाको थप अनुसन्धान हुने जानकारी दिनुभएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search