डाक्टर विदेशिने क्रम बढ्नु चिन्ताको विषय : राष्ट्रपति पौडेल

काठमण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले डाक्टरहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको बताउनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३औं स्थापना दिवसको अवसरमा आज काठमाण्डौमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्य सेवामा सुधार भइरहेको तर सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको गुनासो आइरहेको उल्लेख गर्नुभयो ।

त्यसको परिणाम चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको र यो क्रमलाई रोक्न सम्बद्ध सबै पक्षले उपयुक्त कदम चाल्नुपर्ने उहाँको सुझाव छ ।

राष्ट्रपति पौडेलले नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको भन्ने आफैँले पनि अनुभव गरेको बताउनुभयो । कार्यक्रममा राष्ट्रपतिले प्रा.डा. सुदीपकुमार भट्टचार्यलाई सम्मान गर्नुका साथै विभिन्न विधामा सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search