एकै परिवारका ५ जनाले गरे मकालु हिमालको सफल आरोहण

संखुवासभाको मकालु गाउँपालिका वडा नं. २ का एकै परिवारका पाँच जनाले मकालु हिमालको सफल आराहण गर्नु भएको छ । टासी गाउँका शेर्पा परिवारका पाँच जनाले विश्वको पाँचौ अग्लो मकालु हिमालको सफल आरोहण गर्नु भएको हो ।

आरोहण गर्नेहरुमा आङडी शेर्पा, पेछुम्बे शेर्पा, मुन्टु लाक्पा शेर्पा, एनिमा शेर्पा र निमा दोर्ची शेर्पा रहनु भएको छ । वहाँहरुले वैशाख २६ गते बिहान ७ः३० बजे शिखर चुम्नु भएको थियो । योसंगै एकै परिवारबाट ५ जनाले सफल आरोहण गरेको गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गर्नसमेत सफल भएको दावी गरिएको छ ।

जसमध्ये सबै भन्दा कलिलो उमेरमा मकालु हिमालको सफल आरोहण गर्ने महिला एनिमा शेर्पा बन्नु भएको छ । वहाँले २३ वर्षको उमेरमा मकालुको सफल आरोहण गर्नु भएको हो । यस अघि मकालु २ कै नुर्वु गाउँकी किपा लामु शेर्पाले २८ वर्षको उमेरमा सफल आरोहण गर्दै कान्छो आरोही बन्नु भएको थियो । वहाँले गत २०८१ चैत्र २८ गते बिहान १० बजेर १० मिनेटमा सफल आरोहण गर्नुभएको थियो । तर एक महिना नबित्दै एनिमाले नयाँ रेकर्ड कायम गर्नु भएको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search