पाकिस्तानसँगको तनावका कारण बन्द गरेका ३२ वटै विमानस्थल भारतले खुला गर्‍यो

भारतले पाकिस्तानसँगको तनावका कारण बन्द गरेका ३२ वटै विमानस्थल खुला गरेको छ । भारतको नागरिक उड्डयन प्राधिकरणले आज सूचना निकालेर बन्द गरिएका ३२ वटा विमानस्थल खुला गरेको जानकारी गराएको हो ।

बन्द गरिएका ३२ वटै विमानस्थल आजैदेखि पूर्णरूपमा सञ्चालनमा आएको बीबीसी हिन्दीले जनाएको छ । प्राधिकरणले सुरक्षा जोखिमलाई मध्यनजर गरेर ३२ वटा विमानस्थल मे १५ तारिखसम्मका लागि बन्द गरेको थियो ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्नु हुने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आज बेलुका ८ बजे प्रधानमन्त्री मोदीले सम्बोधन गर्न लाग्नुभएको हो । पाकिस्तानसँगको तनावपछि प्रधानमन्त्री मोदीले पहिलो पटक सम्बोधन गर्न लाग्नुभएको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search