भोजपुर। षडानन्द नगरपालिकाले कृषकहरूको उत्पादन वृद्धि र आधुनिकीकरणलाई प्रोत्साहित गर्ने उद्देश्यले ७२ जना किसानलाई मिनि टेलर वितरण गरेको छ।
प्रदेश सरकार र षडानन्द नगरपालिकाको साझेदारीमा सञ्चालन भएको कार्यक्रममा आज एक कार्यक्रमका बीच कृषकहरूलाई कृषि सामाग्री हस्तान्तरण गरिएको कृषि शाखा प्रमुख रक्षा रोकाले जानकारी दिएका छन् ।
नगरपालिकाका वडा नं. ९ र १० मा चिराइतो खेती प्रवर्द्धन अन्तर्गत २ जना र कफी खेती प्रवर्द्धन अन्तर्गत २ जना सहित अन्य कृषकलाई समेत यसपटक मिनि टेलर उपलब्ध गराइएको हो।

कृषकहरूको जीवनस्तर उकास्न र कृषि पेसालाई व्यवसायिक बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको छ। षडानन्द नगरपालिकाले आगामी दिनमा समेत कृषि यान्त्रीकरणका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।












