सुनको भाउ तोलामा एक हजार एक सय रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनको भाउ आज एक हजार एक सय रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार एक सय रुपैयाँले बढेर तोलाको एक लाख ९२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ९१ हजार आठ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ ६५ रुपैयाँले बढेर तोलाको दुई हजार दुई सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको दुई हजार दुई सय २० रुपैयाँ रहेको थियो ।

सुनचाँदी व्यवसायीहरूको आन्दोलनका कारण बन्द रहेका सुन पसल सरकारसँग सहमति भएपछि अस्ति शुक्रवार आठ दिनपछि खुल्न थालेका हुन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search