मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली चुस्त : गृहमन्त्री लेखक

काठमाण्डौ । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली चुस्त पारिएको बताउनुभएको छ । राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा बोल्दै गृहमन्त्री लेखकले मनसुनजन्य विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि आवश्यक गृहकार्य भइरहेको बताउनुभयो ।

उहाँले गृह मन्त्रालय मातहत रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवाला सबै पक्षसँग आवश्यक समन्वय र सहकार्य गरिरहेको समेत बताउनुभयो । विपद्का सम्भावित जोखिमयुक्त क्षेत्रमा खोज तथा उद्धार र सामग्रीको भण्डारण, डोजर, एक्स्काभेटरलगायतका भारी उपकरण तयारी अवस्थामा रहेको गृहमन्त्री लेखकको भनाइ छ ।

यस वर्षको मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा धेरै वर्षा हुने पूर्वानुमान छ । तर मनसुन भित्रिएको झन्डै डेढ महिना भइसक्दा सरदरभन्दा कम वर्षा भएको छ । मधेशमा खासै पानी पर्न सकेको छैन ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search