सुनको भाउ एकैदिन तोलामा एक हजार आठ सय रुपैयाँले बढ्यो

काठमाण्डौ । आज सुनको भाउ एकैदिन तोलामा एक हजार आठ सय रुपैयाँले बढेको छ । सुन आज तोलामा एक हजार आठ सय रुपैयाँले बढेर एक लाख ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँले बढेर दुई हजार तीन सय २० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार दुई सय ८५ रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search