काठमाण्डाै । शेयर बजारमा दाेस्राे सकारात्मक सर्किट ब्रेक लागेकाे छ । शेयर बजार परिसूचक नेप्से ५ प्रतिशतले बढेपछि दाेस्राे पटक सर्किट ब्रेक लागेको छ । याेसँगै ४० मिनेटका लागि कारोबार राेकिएकाे छ ।
बिहीवार भएकाे चुनावमा रास्वपाले दुईतिहाइ नजिक मत पाएपछि स्थिर सरकारकाे आशामा लगानीकर्ता आकर्षित भएका हुन् ।
यसअघि बिहान बजार खुलेकाे १ मिनेटमै नेप्से ४ प्रतिशतले बढेपछि पहिलाे सर्किट ब्रेक लागेकाे छ । त्यसपछि २० मिनेटपछि खुलेकाे बजार १ मिनेटमै ५ प्रतिशतले बढेपछि अर्को पटक सर्किट ब्रेक लागेको हो ।
पहिलो घण्टामा नेप्से सूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेट कारोबार स्थगित हुने र दोस्रो घण्टाभित्रमा सूचक ५ प्रतिशतले घटे वा बढे ४० मिनेट कारोबार स्थगित हुने नियम छ । यस्तै, तेस्रो घण्टाभित्र वा त्यसपछिको समयमा सूचक ६ प्रतिशतले घटे वा बढे बाँकी पूरै दिनको कारोबार स्थगित हुनेछ ।










