काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज सुन २ हजार ८ सय रुपैयाँले घटेको छ । सुन आज २ हजार ८ सय रुपैयाँले घटेर तोलाको ३ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ २० रुपैयाँले घटेर तोलाको ५ हजार ४ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । हिजो चाँदीको भाउँ ५ हजार ५ सय १५ रुपैयाँ थियो ।











