स्थानान्तरण प्रक्रियामा छुटेकालाई सम्पर्कमा आउन आग्रह

काठमाण्डाै । सरकारले जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ । शहरी विकास मन्त्रालयले सहायता आवश्यक भएका तथा सडकमा अलमल परेका नागरिकलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको त्रिपुरेश्वरको दशरथ रङ्गशालामा गई दर्ता गर्न अनुरोध गरेको हो ।

मन्त्रालयले वास्तविक भूमिहीन नागरिकको ‘डिजिटल’ लगत सङ्कलन गरी ‘होल्डिङ सेन्टर’ मार्फत व्यवस्थित व्यवस्थापन गर्ने प्रबन्ध मिलाएको छ । नागरिकलाई आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्शलगायत आधारभूत सुविधा उपलब्ध गराइने मन्त्रालयले निकालेको प्रेस नोटमा उल्लेख छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search