हेदाङ्ना गढीमा ईलाका प्रशासन कार्यालय उद्घाटन

मकालु । संखुवासभा जिल्लाको मकालु गाउँपालिका वडा नं.३ हेनङ्ना गढीमा इलाका प्रशासन कार्यालयको आज एक समारोहका बीच उद्घाटन गरिएको छ । उक्त कार्यालयको उद्घाटन माननीय सांसद अर्जुन कार्किले गर्नुभएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै सांसद कार्कीले स्थानीय तहमा सेवा प्रवाहलाई सहज, छिटो र प्रभावकारी बनाउन यस्ता प्रशासनिक संरचनाहरू महत्वपूर्ण हुने बताउनु भयो । उहाँले नागरिकलाई आफ्नै क्षेत्रमा सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय स्थापना गरिएको उल्लेख गर्नु भयो ।

इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले नागरिकता, सिफारिस, प्रमाणिकरण लगायतका सेवा अब आफ्नै नजिकैबाट प्राप्त गर्न सक्ने भएका छन् । यसअघि यस्ता सेवाका लागि घण्टौ यात्रा गरेर सदरमुकाम खाँदबारी जानुपर्ने बाध्यता रहेको थियो ।

कार्यक्रममा सांसद अर्जुन कार्कि, प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, जिल्ला प्रहरी कार्यालय संखुवासभा प्रहरी निरिक्षक मेघराज अर्याल, खाँदबारी नगरप्रमुख महेश थपलिया लगायत जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी साथै स्थानीयहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search