बुटवलमा सुकुम्वासीहरूकाे प्रदर्शन

काठमाण्डाै । सरकारले वैकल्पिक व्यवस्था नगरी डोजर चलाएर आतङ्क मच्चाएको भन्दै अव्यवस्थित बसोवासी तथा भूमिहीनले रुपन्देहीको बुटवलमा प्रदर्शन गरेका छन् । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षाैँदेखि बसेको बस्तीमा वैकल्पिक व्यवस्था विना डोजर चलाएको उनीहरूको भनाइ छ ।

नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासी सङ्घर्ष समितिले आज आयोजना गरेको प्रदर्शनमा भूमिहीन र अव्यवस्थित बसोवासीको उल्लेख्य बस्ती रहेका २० वटाभन्दा धेरै जिल्लाबाट सयौँको सङ्ख्यामा सहभागिता रहेको थियाे ।

कार्यक्रममा सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए । आजकाे प्रदर्शनमा प्रशासनले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरेको थियाे ।

सङ्घर्ष समितिको आन्दोलनलाई नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा माओवादीसहित रुपन्देहीका १२ वटा राजनीतिक दलले ऐक्यबद्धता जनाएका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search