अफगानिस्तानमा ट्रक दुर्घटना हुँदा १८ जनाको ज्यान गयो

अफगानिस्तानमा एउटा ट्रक पल्टिएर दुर्घटना हुदाँ १० जना बालबालिकासहित १८ जनाको ज्यान गएको छ । अरू २९ जना घाइते भएका छन् । पाकिस्तानबाट फर्केका अफगान परिवारहरू चढेको ट्रक पल्टिएको प्रान्तीय अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

लगमान प्रान्तका गभर्नरका प्रवक्ता अब्दुल मलिक नियाजयका अनुसार १० जना बालबालिका, पाँच जना महिला र तीन जना पुरुषसहित १८ जनाको ज्यान गएको हो । पाकिस्तानले आफ्नो देशमा अफगान आप्रवासी र शरणार्थीहरूमाथि कडा नियम लागू गरेसँगै धेरै अफगानहरु आफ्नो सामान लिएर ट्रकमा स्वदेश फर्किने क्रम बढेको छ ।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनको तथ्याङ्क अनुसार यस वर्षको शुरूदेखि ४ लाख ४७ हजार ४ सय अफगानीहरू पाकिस्तानबाट स्वदेश फर्केका छन् । यस अघि अगस्टमा, पश्चिमी अफगानिस्तानमा इरानबाट फर्केका अफगान आप्रवासीहरू बोकेको बस र अन्य दुई गाडी गाडी ठोक्किँदा १९ बालबालिकासहित ७८ जनाको ज्यान गएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search