पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य शुरू

काठमाण्डौ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य शुरू गरेको छ । व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्भेबीच थप सम्झौताका लागि आन्तरिक तयारी भइरहेको हो ।

चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाले दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा पहिलो चरणको ड्रिलिङ र अन्वेषण कार्य सम्पन्न गरेको जनाएको छ । व्यावसायिक उत्पादन शुरू गर्न विभागले सरकारसँग आवश्यक समन्वय गरिरहेको छ ।

चीनको प्राविधिक टोलीसँगको सहकार्यमा सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे सम्पन्न भएको परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काले जानकारी दिनुभयो ।

नमूना परीक्षणले पेट्रोल र प्राकृतिक ग्यासको सम्भावनालाई पुष्टि गरेको छ । परियोजना सफल भए आयातमा खर्च भइरहेको ठूलो रकम कटौती गर्न सकिने विभागले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search