प्रधानमन्त्री बन्न लागेको हो भन्ने प्रश्नमा रविको जवाफ : म केही भन्न चाहन्नँ, अस्थिरताको पक्षमा छैनौँ

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री बन्न लागेको भन्ने प्रश्नमा केही नबोल्ने भन्दै आफूहरु अस्थिरताको पक्षमा नरहेको बताउनुभएको छ । हिजो भारत भ्रमणबाट फर्केका सभापति लामिछानेले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै यस्तो बताउनुभएको हो ।

भारत भ्रमणबाट फर्केपछि छिट्टै प्रधानमन्त्री बन्ने विषयमा विपक्षी दलले आशंका गरिरहेको र त्यसमा के भन्नुहुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘म केही भन्न चाहन्नँ ।’

त्यसपछि उहाँले चुनावअघि आफूहरुले लेखेको कागज एक पटक पढ्न अनुरोध गर्दै आफूहरु अस्थिरताको पक्षमा नभएको बताउनुभएको हो । नागरिकले स्थिर सरकारको पक्षमा मतदान गरेको उहाँको भनाइ थियो ।

उहाँले आफ्नो भ्रमणलाई ‘पारदर्शी र परिणाममुखी’ भएको दाबी पनि गर्नुभयो । यसपटकको भ्रमण अघिल्ला कूटनीतिक भेटघाटभन्दा फरक रहेको उहाँले बताउनुभयो । भारतीय अधिकारीहरूसँग भएका छलफलहरूमा नेपाली कार्यवाहक राजदूतको पनि उपस्थिति गराइएको र यसले वार्तालाई अझ खुला र स्पष्ट बनाएको उहाँले दाबी गर्नुभयो ।

भारतसँग कनेक्टिभिटी, धार्मिक पर्यटन, लगानी र विकास सहकार्यबारे छलफल भएको उहाँले जानकारी दिनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search