एन्फामाथिको हस्तक्षेप नरोकिए तत्काल प्रतिबन्ध लगाउने फिफा र एफसीको चेतावनी

काठमाण्डाै । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) र एशियाली फुटबल महासङ्घ (एएफसी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथिको हस्तक्षेप नरोकिए नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल निलम्बन गर्ने चेतावनी दिएको छ ।

फिफा र एएफसीले संयुक्त रूपमा पत्र लेख्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फामाथिको निलम्बन फुकुवा गरे पनि अरू निर्णय अझै पूर्णरूपमा खारेज नभएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

राखेपले यसबारेमा भोलिसम्ममा चित्तबुझ्दो जवाफ नदिए नेपाललाई तत्काल निलम्बन गर्नका लागि यो विषय फिफा काउन्सिलमा पेश गरिने पत्रमा उल्लेख छ ।

फिफा र एफसीले भोलिसम्ममा राखेपको गएको चैत १२ गतेको निर्णय पूर्णरूपमा खारेज भएको लिखित प्रतिबद्धता पनि माग गरेका छन् ।

राखेपले चुनाव रोक्न, विधान संशोधन गर्न र जिल्ला सङ्घहरूको चुनाव गराउन एन्फालाई दिएको निर्देशनलाई फिफा र एएफसीले ‘तेस्रो पक्षको अनुचित हस्तक्षेप’ भएको ठहर गरेका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search