अस्ट्रेलियामा भिसा शुल्कमा व्यापक वृद्धि, अन्तर्राष्ट्रिय विद्यार्थी र कामदार सबैभन्दा प्रभावित

अस्ट्रेलियाको संघीय सरकारले नयाँ आर्थिक वर्ष २०२६/२७ को सुरुआतसँगै यही जुलाई १ देखि लागू हुने गरी विभिन्न भिसा शुल्कमा उल्लेख्य वृद्धि गरेको छ । यस निर्णयले विशेषगरी अन्तर्राष्ट्रिय विद्यार्थी, अध्ययनपछि रोजगारी गर्ने, तथा विदेशी कामदारलाई प्रायोजन गर्ने कम्पनीहरूमा थप आर्थिक भार पर्ने भएको छ ।

नयाँ व्यवस्थाअनुसार विद्यार्थी भिसा (सबक्लास ५००) को शुल्क २ हजार अस्ट्रेलियन डलरबाट बढाएर २ हजार ५ सय डलर पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएकाे छन्। पछिल्लो दुई वर्षमा यो शुल्क ७१० डलरबाट बढेर २ हजार ५ सय डलरसम्म पुगेको हो ।

सरकारले पहिलोपटक अंग्रेजी भाषा अध्ययनका लागि मात्रै आउने विद्यार्थीका लागि छुट्टै शुल्क निर्धारण गर्दै २ हजार ५० अस्ट्रेलियन डलर कायम गरेको छ। यस्तै, अध्ययनपछि काम गर्न पाइने ग्राजुएट भिसा (सबक्लास ४८५) को शुल्क पनि ५ हजार ७५० अस्ट्रेलियन डलर पुगेको छ ।

शुल्क वृद्धिको प्रत्यक्ष असर अध्ययन पूरा गरेर अस्ट्रेलियामै रोजगारी र स्थायी बसोबासको तयारीमा रहेका विद्यार्थी तथा उनीहरूलाई प्रायोजन गर्ने रोजगारदाता कम्पनीहरूमा पर्ने अपेक्षा गरिएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search