आज दिनभर झरी पर्ने, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाण्डौ । देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

पछिल्लो तीनघण्टामा सिन्धुलीको दुधौलीमा सबैभन्दा धेरै पानी परेको छ । धेरै ठाउँमा आज दिनभर झरी पर्ने र केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडका थोरै ठाउँमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई र लुम्बिनी प्रदेशको पहाड र हिमालका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

आज राति, भोलि र पर्सि पनि ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search