विश्वकप फुटबलको फाइनल खेल स्लोभेनियाका रेफ्रीले खेलाउने

साविक विजेता अर्जेन्टिना र स्पेनबीच भोलि मध्यराति हुने विश्वकप फुटबल सन् २०२६ को फाइनल खेल स्लोभेनियाका ४६ वर्षीय रेफ्री स्लाभ्को भिनिसिचले खेलाउने भएका छन् ।

उनले दुई वर्षअगाडि युरोपेली च्याम्पियन्स लिगको फाइनल पनि खेलाएका थिए । फिफाले फाइनलका लागि स्लाभ्कोलाई रोजेको जानकारी दिएको छ । उनका दुई सहायकमा स्लोभेनियाकै टोमन क्लाननिक र आन्द्राज कोभासिच रहनेछन् । उपाधिका लागि अर्जेन्टिना र स्पेनबीच खेल हुनेछ ।

यो खेल अमेरिकाको न्यूर्योक न्यू जर्सी स्टेडियममा नेपाली समयअनुसार भोलि आइतबार मध्यराति पौने १ बजे शुरु हुनेछ । सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले तथा स्पेनले फ्रान्सलाई २ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

यसैबीच स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज विश्वकप फाइनल खेल हेर्न अमेरिका जानुहुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि न्यू जर्सीमा हुने फाइनल खेल हेर्ने योजना बनाउनुभएको छ ।

फाइनलअघि तेस्रो स्थानका लागि भोलि बिहान पौने ३ बजे फ्रान्स र इंग्ल्यान्डबीच खेल हुनेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search