आज सुनचाँदीको भाउ सामान्य घटबढ

काठमाण्डौ । आज सुनचाँदीको भाउमा सामान्य घटबढ भएको छ । सुनको भाउ ५०० रुपैयाँले घटेर तोलाको ३ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ ३ लाख ६ हजार ७०० रुपैयाँ थियो । आज चाँदी ५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ ४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी ४ हजार ७४५ रुपैयाँ थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search