काठमाण्डाै । शेयर बजार लगातार दोस्रो दिन स्थिर रहेको छ । हिजो २ हजार ६४१.८५ विन्दुमा रहेको शेयर बजार परिसूचक नेप्से आज २ हजार ६४२.४० विन्दुमा पुगेर बन्द भएको छ । आज बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ । आज १०३ वटा कम्पनीको शेयर बढेकोमा १६५ वटाको घटेको छ । यस्तै ९ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको शेयर १५ प्रतिशतले बढेको छ । बजार स्थिर रहेको दिन आईसीएफसी फाइनान्सको डिबेन्चर र अपर लोहोरे खोला हाइड्रोपावरको शेयर १५ प्रतिशतले घटेको छ । आज कारोबार रकम घटेको छ । हिजो ४ अर्ब ११ करोडको कारोबार भएकोमा आज ३४८ वटा कम्पनीको ८७ लाख कित्ता शेयर ३ अर्ब ५३ करोड रुपैयाँमा किनबेच भएको छ ।











