Ads3

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपालको टोली घोषणा

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपालको टोली घोषणा

काठमाण्डौ । ओमानमा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय शृङ्खलाका लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले आज घोषणा गरेको टोलीमा ओपनिङ ब्याटर कुशल भुर्तेल, तीव्र गतिका बलर सोमपाल कामी र हेमन्त धामीलाई समावेश गरिएको छैन । टोलीमा अनुभवी र युवा खेलाडीलाई समेटिएको छ । ओपनिङ ब्याटिङतर्फ आसिफ शेख र अर्जुन कुमालले निरन्तरता पाएका छन् ।

यस्तै, तीव्र गतिको बलिङतर्फ करण केसीसँगै नन्दन यादवलाई राखिएको छ । टोलीमा कप्तान लामिछानेसहित आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, इशान पाण्डे, रोहित पौडेल, सन्दीप जोरा, गुलशन झा, बासिर अहमद, ललित राजवंशी, शाहब आलम र शेर मल्ल रहेका छन् ।

विश्वकप लिग–२ अन्तर्गतको शृङ्खला यही असोज २१ गतेदेखि ओमानमा शुरु हुनेछ । शृङ्खलामा आयोजक ओमानसँगै नेपाल र क्यानडाले प्रतिस्पर्धा गर्नेछन् । यो शृङ्खला तीन वटै टोलीका लागि महत्त्वपूर्ण छ ।

अहिले अंक तालिकामा ओमान २८ खेलमा ३१ अंकका साथ चौथो, क्यानडा ३२ खेलमा २५ अंकसहित छैटौँ तथा नेपाल ३२ खेलमा २४ अंकसहित सातौँ स्थानमा छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्