काठमाण्डौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्मको विवरण अनुसार विभिन्न नौ वटा बैङ्कमा दश अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ जम्मा भएको छ ।
त्यस्तै, कोषका अन्य दुई वटा बैङ्कमा रहेको डलर खातामा दुई करोड ३७ लाख छ हजार ५७५ अमेरिकी डलर जम्मा भएको छ । राहत कोषबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत यसअघि एक अर्ब रुपैयाँ निकासा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्