काठमाण्डौ । लगातारको वर्षाका कारण मौसम प्रतिकूल बन्दा आन्तरिक हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मौसमका कारण विभिन्न शहरमा हुने आन्तरिक उडान रद्द भएका छन् । केही ढिलाई भइरहेका छन् ।
मौसमको अवस्था हेरेर जहाज उडान तथा अवतरण भइरहेका छन् । अन्तर्राष्ट्रिय उडानहरु भइरहे पनि आन्तरिक उडान नियमित हुन सकेको छैन । देशभर लगायत काठमाण्डौ उपत्यका र विमानस्थल क्षेत्रमा लगातार वर्षा भइरहेकोले भिजिविलिटी कम भएको छ । मौसम प्रतिकूल हुँदा विशेषगरी पर्वतीय तथा दुर्गम गन्तव्यतर्फका उडानमा ढिलाइ वा रद्द हुन सक्ने भएकाले यात्रुलाई सम्बन्धित वायुसेवा कम्पनीसँग उडानको पछिल्लो अवस्था बुझेर मात्र विमानस्थल जान विमानस्थलको आग्रह छ ।
प्रतिक्रिया दिनुहोस्