काठमाण्डाै । नेपाल र भारतबीच भएका विभिन्न सहमति तथा सम्झौताहरूको प्रभावकारी कार्यान्वयनका लागि उच्चस्तरीय अनुगमन समूहलाई पुनः सक्रिय पारिने भएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको दुईपक्षीय वार्तापछि संयुक्त प्रेस वक्तव्यमार्फत यसबारे जानकारी गराइएको हो ।
भ्रमणका अवसरमा दुई देशबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कामलाई तीव्रता दिने, डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा सहकार्य गर्ने तथा क्रिकेट पूर्वाधार र राष्ट्रिय क्रिकेट प्रशिक्षण एकेडेमी स्थापनामा सहयोग बढाउने लगायतका महत्त्वपूर्ण सहमति भएका छन् ।
दुवै देशले विगतका सन्धिलगायत सम्झौताहरूलाई आपसी सहमतिमा पुनरावलोकन गर्दै सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएका छन् । यी सम्पूर्ण सहमतिहरूको समयमै र प्रभावकारी कार्यान्वयन सुनिश्चत गर्न उच्चस्तरीय अनुगमन समूहले काम गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्