काठमाण्डौ । इजरायलमा आज आम चुनाव हुँदैछ । यो चुनावमा वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई प्रमुख विपक्षी नेताका रूपमा गादी आइजेनकोटको चुनौती छ ।
लामो समय इजरायली सेनामा बिताएका आइजेनकोट पछिल्लो समय राजनीतिमा सक्रिय हुनुहुन्छ । नेतान्याहुको विकल्प खोजिरहेका मतदातामाझ आइजेनकोटले मध्यमार्गी पार्टी ‘याशर’को नेतृत्व गर्नुभएको छ ।
इजरायलको राजनीतिक भविष्यका लागि महत्वपूर्ण मानिएको यो चुनाव अघि नेतान्याहुभन्दा आइजेनकोट चार सिटले अगाडि रहेको मत सर्वेक्षण सार्वजनिक भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इजरायलको संसद् नेसेटमा कुल १२० सिट छन् । सरकार गठन गर्न कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्छ । इजरायलमा मतदाताले प्रत्यक्ष रूपमा कुनै एक उम्मेदवारलाई नभई राजनीतिक दललाई मत दिन्छन् ।
दलहरूले प्राप्त गर्ने मतको अनुपातका आधारमा संसदमा सिट बाँडफाँट गरिन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेतान्याहुबीच लामो समयदेखि राजनीतिक सहकार्य रहँदै आएको छ । इरानमाथि भएको पछिल्लो आक्रमणमा पनि उहाँहरुबीच सहकार्य भएको थियो ।
प्रतिक्रिया दिनुहोस्