एमाले अध्यक्ष ओलीले संसदलाई सम्बोधन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

समसामयिक विषयमा दलको धारणा राख्न सभामुखसँग समय माग गरिएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनले भने, ‘एसपीपी लगायतका समसामयिक विषयमा धारणा राख्नुहुन्छ ।’

अमेरिकी स्टेट प्रोग्राम पार्टनरसिप -एसपीपी_मा सहभागी हुन नेपाली सेनाले ओली सरकारकै पालामा पत्राचार गरेको सार्वजनिक भएको थियो । तर ओलीले भने पत्रको वैधानिकतामाथि नै प्रश्न उठाउँदै आएका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search