संखुवासभामा एथलेटिक्ससम्बन्धी तालिम सुरु

खाँदबारी । संखुवासभाको खाँदबारीमा एथ्लेटिक्स खेलसंग सम्बन्धित तालिम सुरु भएको छ । खाँदबारी नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला एथलेटिक्स संघ संखुवासभाले तालिमको आयोजना गरेको हो । खाँदबारी नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत किद्यालयहरूका खेल शिक्षकहरूलाई राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितालाई टेवा पुग्ने गरि तीन दिवसीय तालिमको आयोजना गरिएको हो । आइतबारदेखि सुरु भएको तालिमको सहजीकरण बाग्मती प्रदेशकी एथलेटिक्स बरिष्ठ प्रशिक्षक कान्ति महतो, राष्ट्रिय तथा अन्तरराष्ट्रिय एथलेटिक्स रेफ्रि नारायणकुमार श्रेष्ठ र रमेश कुमार श्रेष्ठले गर्नुहुने छ । तालिम खाँदबारी रंगशालामा मंगलबारसम्म सञ्चालन हुने छ ।

तालिमको उद्घाटन सत्रमा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया प्रमुख अतिथि, उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य विशिष्ट अतिथि, खाादबारी नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख दिपकमणि घिमिरे, जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष कल्पना मगर, कार्यालय प्रमुख पुर्णकुमार गौली लगायतको उपस्थिती रहेको थियो । कक्षा १ देखि १२ सम्म संचालित सामुदायिक बिद्यालयबाट महिला र पुरूष शिक्षकहरुको सहभागीता रहनेछ । भने कक्षा ८ सम्म संचालित बिद्यालयबाट १ जना र कक्षा १ देखि १० सम्म संचालित संस्थागत बिद्यालयबाट १ जना खेल शिक्षकको सहभागी रहने गरि तालिमको आयोजना गरिएको जिल्ला एथलेटिक्स संघ संखुवासभाका अध्यक्ष नारायणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search