केन्याद्वारा नेपाललाई २ सय १९ रनको लक्ष्य

काठमाण्डौ । केन्यासँगको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपालले दुई सय १९ रनको लक्ष्य पाएको छ ।

नैरोबीमा टस जितेर पहिले ब्याटिङ गरेको केन्या ४८ ओभर १ बलमा दुई सय १८ रनमा अलआउट भयो । केन्याका लागि रकिप पटेलले सर्वाधिक ६७ रन र कोलिन्स ओबुयाले ६२ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र करण केसीले तीनरतीन विकेट लिँदा आदिल अन्सारी र पवन सरार्फले एकरएक विकेट लिए ।

नेपाल र केन्याले तीन खेलको एकदिवसीय शृङ्खला खेल्न लागेका हुन् । केन्यासँग यसअघि भएको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला नेपालले तीन–दुईले जितेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search