आज देशका थोरै ठाउँमा छिटपुट वर्षाको सम्भावना

काठमाण्डौ । आज तराईसहित देशका धेरै ठाउँको मौसम सफा छ । काठमाण्डौ उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा बिहान साधारणतया बादल लागेको छ । आज थोरै ठाउँमा बदली र छिटपुट वर्षाको सम्भावना छ । दिउँसो कोशी प्रदेशको पहाडी भू-भाग तथा अरू हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भागमा आंशिक बादल लाग्ने र तराईमा मौसम सफा रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी र हिमाली भूभाग साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ ।

त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ ।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search